‘गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट हात झिकेको छैन’

  • ख-
  • ख+

पोखराः संघ सरकारले हात झिके पनि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार जारी राख्ने बताएको छ । मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले हाल ३८ ठाउँबाट संक्रमितको उपचार भैरहेको बताएका छन् ।


हाल प्रदेशमा लमजुङ, स्याङजा र नवलपुर बाहेकका जिल्लामा आईसोलेसनको व्यवस्था छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा संक्रमितको निःशुल्क उपचार भैरहेको भन्दै प्रदेश सरकार नागरिकप्रतिको दायित्वबाट विमुख नभएको बताएका छन् ।

कोरोना संक्रमितको निःशुल्क उपचार र परीक्षण प्रदेश सरकारको खर्चबाटै भएको भन्दै उनले यो यथावत रहेको दाबी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्