कांग्रेसका गण्डकी प्रदेस सांसदले दशैं खर्च फिर्ता गरे

  • ख-
  • ख+

पोखराः नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्यले प्रदेश सरकारले दिएको दशैं खर्च फिर्ता गरेका छन् । संसदीय दलको पोखरामा बसेको बैठकमार्फत दशैं खर्च फिर्ता गर्ने निर्णय गरेको हो ।
संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा बसेको बैठकले खर्च फिर्ता गर्ने निर्णय गरेको हो ।


दलका प्रदेश संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलका अनुसार उपचारमा सरकार पछि हटेका बेला आफूहरुले फिर्ता गरेको रकम कोरोना संक्रमितको उपचारमा खर्च गर्नका लागि फिर्ता गरेको बताए ।


६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसका १५ सांसद छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी