
काठमाडौं : इलाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको छ । अबिरल वर्षापश्चात शनिबार राति गएको पहिरोमा परी इलाममा एकै परिवारको ६ जनासहित २१ जनाको मृत्यु भएको हो।
घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा फसेकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार, प्रभावित क्षेत्रमा उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू खटिएका छन्। “घटनास्थल अत्यन्तै विकट स्थानमा परे पनि हेलिकप्टरमार्फत उद्दार जारी छ,” उनले भने।
पीडितहरूमध्ये धेरै जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रवक्ता पोखरेलले मौसम अझै प्रतिकूल रहेको हुँदा सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे। विशेषगरी इलामको माईजोगमाई नगरपालिका, सूर्योदय नगरपालिका, माङ्सेबुङलगायतका पालिकामा ठूलो क्षति भएको छ। साभारः अन्नपूर्ण