
दमौली: दशैको अवसरमा तनहुँका युवा सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप) र उनको समूहले मंगलबार जिल्लाका ४ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्।
आर्थिक रूपमा कमजोर भएका र चाडपर्व मनाउन कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गर्दै समूहले चामल, दाल, नुन, तरकारी र मासुजस्ता सामग्री वितरण गरेको हो।
अभियान्ता गफ्फारले दशैंमा कोही परिवार भोकै नबसून भन्ने उद्देश्यले सहयोग गरिएको बताए।