गृहमन्त्री अर्यालको निर्देशन : राजनीतिक दबाबले रोकिएका सबै फाइल अघि बढाउनु

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक सम्बन्धका आधारमा अनुसन्धानमा रोकिएका फाइलहरू खुल्ने बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले प्रहरीलाई राजनीतिबाट प्रेरित नभई कानुनअनुसार काम गर्न निर्देशन दिए ।

कानुनअनुसार काम गर्दा राजनीतिक कनेक्सनमा रोकिएका फाइल पनि अघि बढाउन उनको निर्देशन थियो । गृहमन्त्री अर्यालले भने, ‘कुशासन थियो, त्यसकारण आन्दोलन भयो, अब सुशासनका निम्ति प्रहरीले कानुनबमोजिमका कामहरू प्रभावकारी ढंगले गर्दै जानुपर्नेछ ।’

त्यही क्रममा उनले शान्ति सुरक्षा र सुशासनका लागिमात्र होइन, आउँदो चुनाव सम्पन्न गर्नका लागि पनि राजनीतिक सम्बन्ध भएका फाइलहरूको अनुसन्धान अघि बढ्नुपर्ने बताएका छन् । अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको र बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी