तनहुँ कांग्रेसले भन्यो,‘कोभिडको निःशुल्क उपचार नभए आन्दोलन गर्छौं’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँले कोभिडको निःशुल्क उपचार गराउन गण्डकी प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गरेको छ ।

सचिव विश्व बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा देशमा कोरोना महामारी उच्चतम जोखिमतर्फ बढिरहेको र तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको अवस्थामा आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेेमा कोरोना महामारीको उपचार व्यक्ति स्वयंले आफ्नै खर्चमा गनुपर्ने भनी नागरिक प्रतिको दायित्वबाट विमुख हुने गरि वर्तमान सरकारले गरेको निर्णय अत्यन्त गैर जिम्मेवार र खेदजनक भएको आरोप लगाइएको छ ।


विज्ञप्तिमा विपद्का समयमा राज्यको सबै श्रोत परिचालन गरेर भए पनि आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरि देशमा सरकार छ भन्ने महशुस गराउन पर्नेमा सरकारले केही गर्न सक्दैन आफ्नो स्वास्थ्य सुरक्षा आफै गर भनेर नागरिक दायित्वबाट पन्छिने गरि गरिएको उक्त निर्णयले यो सरकार कसका लागि हो ? भन्दै प्रश्न उठाइएको छ ।


पार्टीले आफ्नो कर्तव्य बिर्सिएर निर्णय नसच्चाएको अवस्थामा समेत आफ्ना नागरिकहरुको कोभिड –१९ को परिक्षण र उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन गण्डकी प्रदेश र स्थानीय सरकारसँग अपिल गर्दै अन्यथा दबाबका कार्यक्रम ल्याउने चेतावनी दिइएको छ ।

हेर्नुस् विज्ञप्ति

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी