
दमौली : प्रदर्शनको क्रममा सरकारी तथा निजी भवनबाट महत्वपुर्ण सामानहरु लुटपाट भएको जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले एक विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो ।
सरकारी तथा निजी संरचनाहरुमा आगजनी र तोडफोड गर्न पूर्व त्यस्ता भवनहरुमा रहेका दस्तावेज, कागजपत्र, वहुमुल्य बस्तु अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरिएको भन्ने सुचना प्राप्त भएको जनाउदै सो सम्वन्धमा यस जिल्ला प्रहरी कार्यालय तनहुँवाट अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ त्यस्ता सामानहरुको सञ्यय खरिद तथा विक्रि गर्न नगराउन हुन अनुरोध गरिएको छ । सो सम्बन्धमा कुनै जानकारी प्रास भएमा नजिकको प्रहरी कार्यालयमा सुचना दिन पनि अनुरोध गरिएको छ ।
त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउन हुन समेत अपिल गरिएको छ ।
यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद विक्रि तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुसन्धान गरी कारवाही हुने प्रहरी नायव उपरिक्षक असोक थापाले जानकारी दिए ।