कारागारबाट फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन तनहुँ प्रहरीको अनुरोध

देव गजमेर,दमौली न्युज
  • ख-
  • ख+

दमौली : जेनजीको आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यलय तनहुँले सम्पर्कमा आउन अनुरोध गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै, कारागार परिसरबाट फरार भएका सम्पूर्ण थुनुवा कैदीबन्दीहरूलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्कमा आउनको लागि अनुरोध गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ,“देशमा विकशित असामान्य परिस्थितिको फाईदा लिई विभिन्न स्थानका हिरासत, कारागारहरुवाट फरार रहेका थुनुवा, कैदीबन्दीहरुलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्कमा आउनको लागि अनुरोध गरिएको छ । अन्यथा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिईने पनि विज्ञप्तिमा जनाईएको छ ।

कारागारबाट फरार रहेका कैदीबन्दीहरुलाई सर्वसाधारणले देखेको थाहा पाएमा प्रहरीलाई सूचना दिई सहयोग गरि दिनको लागि समेत आम जनसमुदायमा अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्