टेकबहादुरको मृगौला उपचारका लागि ७१ हस्तान्तरण

  • ख-
  • ख+

दमौलीः व्यास ५ साँगे निबुवाखोला निवासी दुवै मृगौला फेल भएका टेकबहादुर आलेको उपचारका लागि देश तथा विदेशबाट संकलित ७१ हजार चार सय ९३ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले रकम आलेलाई हस्तान्तरण गरे ।


सातामा दुई पटक डायलसिस गराइरहेका आलेको उपचारका लागि आर्थिक अभाव भए पछि देश तथा विदेशमा उनका आफन्तले सहयोग अभियान सञ्चालन गरेका थिए ।

त्यसक्रममा सन्तोष राना र नवीन पुलामीले युएईमा संकलन गरेको ५५ हजार दुई सय ३०, अमेरिका बस्दै आएका म्याग्दे २ का तालिम थापाबाट प्राप्त ११ हजार दुई सय ६३ तथा व्यास १ घर भै हाल अष्ट्रेलिया बस्दै आएका सुदीप हड्खलेले तरुण दलका कार्यवाहक व्यास नगर सभापति जीवन चन्द ठकुरीमार्फत प्रदान गरेको पाँच हजार गरी कुल रकम ७१ हजार चार सय ९३ रुपैयाँ आलेकै घरमा पुगेर हस्तान्तरण गरिएको हो ।


रकम प्रदान गर्दै वडाध्यक्ष श्रेष्ठले आलेको स्वास्थ्य लाभको कामना गरे । सहयोग संकलनमा सघाइरहेका तरुण दल व्यास नगरका कार्यवाहक सभापति चन्दले देश विदेशमा सहयोग संकलन भैरहेकाले उपचारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । आलेले पहिले गाह्रो भए पनि अहिले सहयोग संकलन हुन थालेकाले सहज भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्