‘दशैंमा बैंक खुल्दैनन्’

  • ख-
  • ख+

काठमाडौं: कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैंबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन्। गत वर्ष बडादसैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन्।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ। संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको निर्णय बताए। ‘दसैंमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भिडभाड हुन सक्छ’, उनले भने,  ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो।’

हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई  बन्द गरिएको बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्