लायन्स क्लब दमौलीद्वारा निःशुल्क खानेपानी वितरण

देव गजमेर,दमौली न्युज
  • ख-
  • ख+

दमौली : नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा लायन्स क्लवद्वारा निःशुल्क खानेपानी वितरण गरेको छ । व्यास –३ अनसन चौतारी , खुल्लामैदान दमौलीमा आयोजित तिजगित प्रतियोगिता मेलामा आउने सर्वसाधारणका लागि निःशुल्क खानेपानी वितरण गरेको हो ।

दमौलीको अनसन चौतारीमा तिजको अवसरमा खुल्ला तिज गित प्रतियोगिता भएको र ठूलो भीड हुने भएकाले तिर्खाएका सर्वसाधारणलाई सहजता पुर्याउने उद्देश्यले खानेपानी वितरण गरिएको क्लबले जनाएको छ ।

यस्ता सेवामूलक कार्यले सर्वसाधारणहरुको सकारात्मक प्रतिक्रिया पाईएको छ, क्लबले यस्ता सामाजिक उत्तरदायित्व कार्यहरूमा सक्रिय रहँदै आएको र आगामी दिनमा पनि निरन्तर गरि राख्ने लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष वसन्त जिसिले जनाए । अध्यक्ष जिसिले उपस्थित सम्पुर्ण लायन्स लिडरहरु प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्