
भिमाद: राष्ट्रिय युवा सङ्घ नेपाल भिमाद नगर कमिटीद्वारा आयोजित एक युवा छ बिरुवा भन्ने मूल नारा सहित विरुवा रोप्ने कार्य सुरु सम्पन्न भएको छ । भिमादनगरपालिका वडा नम्बर ८ अवस्थित हिमालय माविको प्राङ्गणमा फलफुल आँपको बिरुवा रोप्ने काम सम्पन्न गरीएको हो।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज कमरेड उज्ज्वल खनालको प्रमुख अतिथ्यमा,जिल्ला कमिटीका सचिवालय सदस्य दिना गोतामे,नगरकमिटी उपाध्यक्ष चतुर्भुज सुवेदी, जिल्ला कमिटी सदस्य निरोज खनाल, राष्ट्रिय युवा सङ्घ नेपाल तनहुँ जिल्ला कमिटीका उपाध्यक्ष शिव आले ,गण्डकी प्रदेश कमिटीका कोषाध्यक्ष जीवन खत्री लगायत समाजसेवी बुद्धिजीवीहरूको विशेष उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज उज्ज्वल खनालले कार्यक्रम सफल पार्नको लागि आफ्नो अमूल्य समय प्रदान गरिएकोमा सम्पूर्ण अग्रज व्यक्तित्व, हिमालय माविका व्यवस्थापनका अध्यक्ष एवं हिमालय माविका प्रधानाध्यापक लगायतलाई हृदयदेखि नै धन्यवाद दिदै आगामी कार्यक्रमहरुमा पनि यहाँहरुको यस्तै उत्साहजनक उपस्थित भई महत्वपूर्ण समय दिनु हुनेछ भन्नेमा पूर्ण विश्वास लिएको वताए।