मन्त्री न्यौपाने भानुमा आयोजित तीज गीत कार्यक्रममा सहभागी

दमौली न्युज
  • ख-
  • ख+

दमौली : अखिल नेपाल महिला संघ भानु नगर कमिटी, त नहुँको आयोजनामा तीजको अवसरमा खुला तीज गीत तथा नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने विशेष आतिथिका रूपमा उपस्थित थिइन्। सांस्कृतिक महत्वबारे मन्तव्य राख्दै मन्त्री न्यौपानेले नेपाली चाड पर्वहरूले एकता, उमंग र आपसी सद्भाव बढाउनेमा जोड दिइन्।

उनले परम्परागत तीज भाकामा स्वयं स्वर दिँदै सहभागी सबैलाई नाचमा सहभागी गराइन्। मन्त्री न्यौपानेको गीत र नृत्यले कार्यक्रममा थप रौनक भरेको सहभागीहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्