वडाध्यक्ष श्रेष्ठले भने,’ भत्ता फिर्ता गर्दिन । बरु नसक्नेलाई सघाउँछु’

  • ख-
  • ख+

दमौली: सरकारले फिर्ता नगरे पनि दलहरु र सांसदमा दशैं भत्ता फिर्ता लहर बढ्न नपाउँदै कांग्रेस र नेकपा दुवैले भत्ता नलिन सांसदलाई निर्देशन दिए । यो संघको कुरा भयो । प्रदेश र स्थानीय तहमा भने यो निर्णय लागू हुँदैन। तर भत्ता फिर्ता गर्ने घोषणा यसै बिचमा चलन थालेको छ ।


तर व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले भने आफूले भत्ता फिर्ता गरेर सस्तो प्रचार नगर्ने तर नसक्नेलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
आफूले २५ हजार रुपैयाँ सम्मको रकम विपन्न परिवारका लागि सघाउने घोषणा गर्दै उनले भने, ‘ अत्यन्तै समस्या भएकाले ६ गतेभित्र संपर्क गर्नु। ‘

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्