ट्रक दुर्घटना हुँदा तीन जना घाइते

देव गजमेर , दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका–१२ कमलबारी स्थित पृथ्वीराजमार्ग सडक अन्र्तगत घुम्तीमा प्लाई बोकेको ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।  भारतबाट प्लाई बोकेर दमौली आउँदै गरेको युपी १९ टी २५०६ नम्बरको ट्रकले सोही स्थान नजिक रोकिराखेको युपी ४२ बिटी ३९८१ नम्बरको सिमेन्ट बोक्ने ट्रकसंग उक्त ठक्कर खाँदा दुघर्टना भएको हो । 

दुघर्टनामा परि दुई भारतीय र एक नेपाली घाइते भएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा युपी १९ टी २५०६ नम्बरको ट्रकमा  सवार देश भारत युपी राज्य बस्ने ४२ बर्षीय सुरज जाबेद अलि,सोही स्थानका ३१ बर्षीय फकरा आलम र सिन्धुलीका २३ बर्षीय  पुस्कर गिरी  रहेका छन् ।

घाइतेहरुको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै सोही स्थानमा टयाडकर दुर्घटना भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्