तनहुँमा एकै दिन भेटिए ३५ संक्रमित (कहाँ कति थपिए ?)

  • ख-
  • ख+

दमौलीः तनहुँमा सोमबार ३५ जनामा कोभिड संक्रमण भेटिएको छ । जिल्लाभर कुल ६४ नमूना जाँच गरिएकामा आधामा संक्रमण भेटिएको हो ।

तनहुँका व्यास, शुक्लागण्डकी र भानु नगरपालिकासँगै आँबुखैरेनी र म्याग्देमा पनि संक्रमित थपिएका छन् ।

थपिनेमा होम क्वारेन्टिनका व्यक्ति देखि बिरामी, व्यवसायी, कर्मचारी आदि छन् ।

व्यास नगरपालिकाः सहकारी कर्मचारी, होटल व्यवसायीसहित १९व्यास नगरपालिकामा फेरि एक पटक ठूलो संख्यामा संक्रमित थपिएका छन् ।

नगरपालिकाका सहरी क्षेत्रमा बढी तथा ग्रामीण क्षेत्रमा केही कम संक्रमित थपिएका छन् । व्यास २, ३ र ४ का अधिक संक्रमित छन् । अधिकांश कन्ट्याक्ट ट्रेसमा परेका छन् ।

अन्य तहमा संक्रमितको विवरण यसप्रकार छ ःशुक्लागण्डकीः ५ जनाभिमादः २ जनाआँबुखैरेनीः ५ जनाभानुः १ जनाम्याग्दे १ जनातह नखुलेकाः २ जना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्