नमस्ते देउराली युथ क्लबद्वारा वन सरसफाई

देव गजमेर
  • ख-
  • ख+

देव गजमेर

दमौली : व्यास नगरपालिका वडा नं ३ मा रहेको मादी सेती सामुदायिक वन सरसफाइ गरिनुका साथै स-साना वोटविरुवाहरु गोडमेल समेत गरिएको छ । नमस्ते देउराली युथ क्लबको आयोजनामा वन सरसफाई गरिएको थियो । 

व्यास नगरपालिकाका वडा नं ३का वडा अध्यक्ष अनुप रानाले क्लबले एकपछि अर्को सामाजिक कार्यहरु
गर्दै आएको बताए। वडा अध्यक्ष रानाले क्लबले व्यास ३ को आकर्षणका रूपमा रहेको सेति मादी सामुदायिक वनको सरसफाई गरी स्वतस्फूर्त रूपमा खेलकुदमा मात्र नभई सामाजिक कार्यमा पनि सकृय देखिएको हुनाले व्यास नगरपालिकाका अन्य वडाहरुले पनि पछिल्लो समयमा खेलकुदमा बजेट छुट्याउन थालेको वताए।

यस युथ क्लवको सामाजिक कार्यले व्यासको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने वडा नं ३का वडा सदस्य दधिराज घिमिरेले बताए। उनले भने नमस्ते देउराली युथ क्लवले सामाजिक कार्यमा जुन सकृयता देखाउदै आएको छ ।अन्य युवा क्लब हरूले पनि यस क्लबले जस्तै समाज रुपान्तरणमा भुमिका निर्वाह गर्न सक्नु पर्ने बताए।

सामाजिक उत्तरदायित्व सहित नमस्ते देउराली युथ क्लबले सेति मादी सामुदायिक वनको सरसफाइ गरेको क्लबका अध्यक्ष असोक रानाले बताए । आगामी दिनहरूमा पनि यस्ता किसिमका सामाजिक कार्यहरूलाई निरन्तरता दिदै जाने पनि अध्यक्ष रानाले जानकारी दिए । वन सरसफाई कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै क्लबका अध्यक्ष रानाले सबैको साथ सहयोगले गर्दा नै सामाजिक कार्यहरु गर्न थप प्रेरणा र उर्जा मिल्ने बताए । 

वन सरसफाई कार्यक्रममा सेति मादी सामुदायिक वनका अध्यक्ष ओम बहादुर थापा , सेति मादी सामुदायिक वनका सस्थापक अध्यक्ष वावुराम बगाले ,आमा समुहकी अध्यक्ष मिना रानाभाट,समाजसेवी नेत्र बहादुर रानाभाट ,नन्द बहादुर थापा , शिक्षक अभिभावक संघका अध्यक्ष रिखुराम वि क, पुल्चोक टोल विकास संस्थाका अध्यक्ष भानु कुमार श्रेष्ठ, क्लबका सदस्य , व्यास नगरपालिका वडा नं ३का वडा अध्यक्ष, वडा सदस्य, लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्