स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाईते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका वडा नं. १ अम्रेनी स्थित पृथ्वीराजमार्गमा आज स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । रोकी राखेको वा १ क ८७१४ मिनिट्रमा ग २२प ३९८९ नं.को स्कुटर ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. १२ छिर्कन वस्ने अन्दानी २५÷३० वर्षको सागर न्यौपाने रहेका छन् उनको रत्नहरी अस्पताल ,दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायक उपरीक्षक अशोक थापाले जानकारी दिए ।

टुर्घटनामा घाईते सोहि स्थान वस्ने अन्दाजी ६०÷६५ वर्षकी कृष्ण माया पन्तलालाई रत्नहरी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि गण्डमी अस्पताल पोखरामा रिफर गरिएको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्