जन्मदिनको खर्च मृगौलापीडितको उपचारमा

  • ख-
  • ख+

दमौलीः दमौलीका एक किशोरले आफ्नो जन्मदिनको खर्च मृगौलापीडितको उपचारमा सहयोग गरेका छन् ।

व्यास २ दमौलीका विश्वास विकले १७ औं जन्मदिनमा खर्च गर्ने रकम दमौलीमा संगठित मृगौलापीडितहरुको संस्थालाई पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् ।
‘फजुल खर्च कटाएर कुनै सामाजिक संस्थालाई केही सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ सहयोग रकम प्रदान गर्दै विकले भने ।


विश्वास, उनका बुबा विनोदकुमार(विकास) र ठुलो बुबा सूर्यबहादुरले उक्त रकम संयुक्त रुपमा तनहुँमा गठनको चरणमा रहेको संस्था मृगौला पीडित सेवा समाज तनहुँका अध्यक्ष डम्बरबहादुर बरालीलाई प्रदान गरेका हुन् । मृगौलाको रोग जो कोहीलाई पनि हुन सक्ने भएकोले आफूहरुले छोरा विश्वासको जन्मदिन विपन्न मृगौला रोगीको भलाईमा सहयोग पुगोस् भनेर सहयोग गरेको विश्वासका बुबा विकासले बताए ।


जन्मदिनको अवसरमा आफूहरुको संस्थालाई सहयोग प्रदान गर्नुले आफूहरुलाई मृगौला पीडितहरुको हितमा लाग्न थप प्रेरणा मिलेको मृगौला पीडित सेवा समाजका अध्यक्ष बरालीले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष डिलबहादुर मिजार र सचिव सरस्वती परियारले जन्मदिनको अवसरमा गरिएको सहयोग रकमलाई आफूहरुले सदुपयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्