गण्डकी प्रदेशमा र्याली सहित असार २० गते खवरदारी सभाको आयोजना

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर
दमौली :
हालै नेपाल सरकारद्वारा २०८२÷८३ को बजेट वक्तव्य मार्फत लागु गरिएको २% विलासिता शुल्क तथा हिरा बहुमुल्य पत्थरमा लगाईएको १३% मुल्य अभिबृद्धि कर नीतिको विरोधमा खवरदारी सभाको आयोजना गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ, गण्डकी प्रदेश र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघद्धारा आयोजित असार २० गते शुक्रबार खवरदारी कार्यक्रम गरिने भएको हो ।

व्यवसायीको वास्तविक माग र उपभोक्ताको संवैधानिक हक अधिकारको समेत बेवास्ता गरी सरकारको अव्यवहारिक कर नीतिको विरोधमा प्रदेश स्तरीय खवरदारी सभाको आयोजना गरिएको नेपाल सुनचाँदी महासंघ, गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमले बताए ।

खवरदारी कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तथा निवर्तमा अध्यक्ष मोहन कुमार वि.क, दुवै महासंघका प्रदेश अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियाली, च्याम्वर्स अफ कमर्स , उपभोक्ता मञ्च लगाउएका संघ-संस्थाहरुले सम्बोधन गरिने नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापती गौतमले जानकारी दिए ।

आन्दोलनको लागि गण्डकी प्रदेशका सवै जिल्लाहरुलाई आ-आफ्नो संघको व्यानर सहित उपस्थिति हुन सवै जिल्ला संघहरूलाई जानकारी गराई सकिएको आयोजकले जनाएको छ । र्याली पोखरा महेन्द्र पुल झण्डा पार्कमा जम्मा भई पृथ्वीचोक, सभागृह चोक, न्युरोड, विपि चोक हुदै मानव अधिकार चोकमा आई आम सभा हुने पनि जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्