‘गण्डकी र तनहुँका जनप्रतिनिधिको दशैं पेश्की फिर्ता गर’

  • ख-
  • ख+

दमौलीः स्कूल अफ डेमोक्रेसी तनहुँले गण्डकी प्रदेश तथा तनहुँका जनप्रतिनिधिको दशैं पेश्की फिर्ता गर्न माग गरेको छ ।

मूलुक संक्रमणमा गुज्रिरहेको अवस्थामा संघ तथा प्रदेश र स्थानीय सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जनताका समस्यालाई थाती राखेर व्यक्तिगत सुविधा लिन अग्रसर रहेको आरोप संस्थाले लगाएको छ ।


अध्यक्ष डम्बर अधिकारीद्वारा जारी विज्ञप्तिमा आलोचना भएसँगै संघ सरकारको सुविधा फिर्ता लिने निर्णय नेपाली कांग्रेस र नेकपाले गरे पनि गण्डकी प्रदेश सरकार मातहत र स्थानीय तहका प्रतिनिधिले भने दशैं पेश्कीको सुविधा लिइरहनुलाई असुहाउँदो भनिएको छ ।

विज्ञप्तिमा जनप्रतिनिधिलाई दिइएको दशैं पेश्की सुविधा फिर्ता लिन माग पनि गरिएको छख ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी