गण्डकी प्रदेशको बजेट करिब ३२ अर्ब, उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड मात्र

दमौली न्युज
  • ख-
  • ख+

पोखरा:  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएकाे छ । गण्डकी प्रदेश सरकारको तर्फबाट प्रदेशका अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ कराेड ९९ लाख ९९ हजार रुपैयाँकाे बजेटप्रस्तुत गरेका हुन ।

आइतबार बसेको प्रदेश सभा बैठकमा अर्थमन्त्री गुरुङले पेस गरेको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ अर्थात कुल बजेटको ३९.९ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल बजेटको ५९.७ प्रतिशत बजेट विनियोजन गरिएको छ। कुल बजेटको ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ आर्थिक वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको छ।

बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँडबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८६ लाख प्राप्त हुने अर्थमन्त्री गुरुङले बताएका छन्।

आगामी वर्ष प्रदेशले ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ आन्तरिक राजश्व उठाउने अनुमान गरेको छ। चालु आर्थिक वर्षको कार्यक्रमबाट खर्च हुन नसकेर २ अर्ब २४ करोड ५० लाख ९४ हजार रुपैयाँ बचत रहने र बजेटमा अपुग भएको १ अर्ब ७५ करोड आन्तरिक ऋण लिने अर्थमन्त्री गुरुङले बताएका छन्।

गण्डकी प्रदेशमा रहेका सातवटा मन्त्रालय मध्ये सबै भन्दा बढी भौतिक पुर्वाधार बिकास तथा यातायात मन्त्रालयको लागि ११ अर्ब ९८ करोड र सबै भन्दा कम उद्योग तथा पर्यटन मन्त्रालयको लागि ८४ करोड २१ लाख मात्र बजेट बिनियोजन गरिएको छ मन्त्रालयगत रुपमा प्रदेश सरकारले बिनियोजन गरेको बजेट यस प्रकार रहेको छ ।

कृषि मन्त्रालय –२ अर्ब ८ करोड

उद्योग तथा पर्यटन मन्त्रालय –८४ करोड २१ लाख

वन तथा वातावरण मन्त्रालय –१ अर्ब ६ करोड

सामाजिक विकास मन्त्रालय –२ अर्ब ३९ करोड

स्वास्थ्य मन्त्रालय –३ अर्ब ३२ करोड

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय –११ अर्ब ९८ करोड

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय –३ अर्ब ८८ करोड

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्