रजत जयन्तीमा विशेष स्मारिका प्रकाशित सहित विविध सांस्कृतिक कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर

दमौली : शिव पाञ्चायन माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको २५ वर्ष पुगेको अवसरमा स्मारिका प्रकाशन, विविध कार्यक्रम गरि रजत जयन्ती मनाएको छ । व्यास नगरपालिका वडा नंं ३ देउराली नगरमा रहेको स्कुलले आफ्नै विद्यालयको प्राङगढमा सो कार्यक्रम मनाएको हो ।

गण्डकी प्रदेश सभा सदस्य असोक कुमार श्रेष्ठको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सभापति शान्ती रमण वाग्ले, व्यास नगरपालिकाका प्रमख बैकुण्ठ न्यौपाने,जिल्ला समन्वय समितिका उप-प्रमुख पवित्र पौडेल,व्यास नगरपालिकाका वडा नम्वर ३का वडा अध्यक्ष अनुप राना पुर्व वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, वडा सदस्य श्री माया विक,दधिराज घिमिरे,विनु श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी ,राष्ट्रिय स्वातन्त्र पार्टिका जिल्ला सभापती विश्व वास्तोला लगायतका बिशिष्ट व्यक्तिहरु,विद्यार्थी, अभिभावक लगायत सयौं ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै रजत जयन्तीको अवसरमा सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष पवित्रा पौडेल, रजत जयन्ती मुल समारोह समितिका अध्यक्ष विष्णु भक्त न्यौपाने, वि.व्या.स.का पुर्व अध्यक्ष नेत्र बहादुर रानाभाट,पुष्पलाल श्रेष्ठ, वि.व्या.स.का पुर्व अध्यक्ष स्वा.मुम बहादुर बंशी ठकुरीको स्मरण गर्दै उनका परिवारलाई सम्मान गरीएको थियो । त्यस्तै गरी अक्षयकोष दाता टेक कुमारी पाण्डे, रेशमलाल श्रेष्ठ,एसईई २०८० मा उत्कृष्ट हुने सलिन दिन मिया र अनिसा वि.क.,पुर्व विद्यार्थी एमविविएस उत्तिर्ण गर्ने उषा रानाभाट र चाँदनी परियार सम्मानित भएका थिए ।

त्यसै गरी प्र.अ बलराम वाग्ले,स.प्रअ. हेमलाल घिमिरे,शिक्षक भरत काफ्ले,मिन बहादुर कार्की,पुर्व प्र.अ. विदुर राना र सरिता पौडेल लगायतलाई सम्मानित गरिएको थियो । २०८१ सालको वार्षिक नतिजाको पुरस्कार वितरण पनि रजत जयन्तीको अवसर पारी गरिएको थियो ।

कार्यक्रममा मुल समारोह समितिका संयोजक एवम् विद्ययालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णुभक्त न्यौपानेले स्कुलको सफलताका बारेमा स्पष्ट पार्दै स्वागत मन्तन्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण हेमलाल घिमिरेले गरेका थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्