
दमौली : तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर स्थित शिवपाञ्चायन अंग्रेजी मा विले रजत जयन्ती मनाउने भएको छ । विद्यालयले २५ औं बार्षिकोत्सवको अवसर पारी रजत जयन्ती मनाउन लागेको हो ।
विसं २०५७ सालमा स्थापना गरिएको यस विद्यालयले विभिन्न चरण पार गर्दै अहिले यस स्थानमा आइपुगेको अवसरमा रजत जयन्ती मनाउन लागेको विद्यालयका प्रधानाध्यापक बलराम वाग्लेले बताए ।उनका अनुसार विद्यालयले शैक्षिक गुणस्तरका साथै साँस्कृतिक गतिविधीमा फड्को मार्नूका साथै विद्यालयमा २४ जना शिक्षक कार्यरत रहेको र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको दावी उनले गरे। गत वर्षको एसईईमा विद्यालयले ६१.९० प्रतिशत विद्यार्थी उत्तीर्ण गरी व्यास नगरपालिकामै तेस्रो भएको उनले बताए।

प्रचारप्रसार समितिका संयोजक नेत्र रानाभाटले रजत जयन्ती भव्य रुपमा सम्पन्न गर्न विष्णुभक्त न्यौपानेको अध्यक्षतामा ४५ सदस्यीय मुल समारोह समिति र ११ वटा विविध उपसमिति गठन गरिएको बताए। त्यस्तै रजत जयन्तीको अवसरमा २४ गते विहान ७ वजे देखि स्वास्थ्य शिबिरको आयोजना गरिएको सहायक प्रधानाध्यापक हेमलाल घिमिरेले बताए ।

रजत जयन्ती मूल समारोह समितिका संयोजक बिष्णुभक्त न्यौपानेले विद्यालयले विद्यार्थीको चाहना अनुरुपको शिक्षालाई जोड दिदै आएको बताए । यस विद्यालयलाई सुरुवाती चरण देखि हाल यस स्थान सम्म ल्याउन आफु र यस क्षेत्रका समुदायको धेरै ठुलो योगदान रहेको जानकारी दिए।

उक्त दिन हुने कार्यक्रमलाई गण्डकी प्रदेश सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्ने छन् भने संविधान सभा सदस्य ध्रुव वाग्ले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतकाले सम्बोधन गर्ने छन्। रजत जयन्ती मनाउनको लागि २ लाख १० हजार रुपैया खर्च लाग्ने मुल समारोह समितिले जानाएको छ ।