भाग्यमानी सन्तोषः मृगौला फेर्न सामाजिक सञ्जालबाटै उठ्यो ३० लाख

  • ख-
  • ख+

दमौलीः व्यास १४ केशवटार निवासी सन्तोष रानाको दुवै मृगौला फेल भएको छ । मृगौला फेर्नुपर्ने चिकित्सकले बताए पछि उनको परिवार छाँगाबाट खसेजस्तै हुन पुग्यो । नियमित डायलसिस गराउनुपर्ने र मृगौला फेर्नका लागि २२ लाख बढी पैसा चाहिने चिकित्सकले भने ।


खेती किसानीमा आधारित परिवार भएकाले त्यत्रो रकम जुटाउन उनीहरुका लागि हम्मे हम्मे मात्र होइन असम्भव जस्तै थियो । ‘त्यति ठूलो रकम जुटाउन नसक्ने देखेर हामीले ठाउँ ठाउँमा सहयोग अभियान थालौं भनेर युवाहरुलाई भन्यौं,’ वडाध्यक्ष काजिमान श्रेष्ठले भने,‘त्यसपछि त दमौली मात्र नभएर देश विदेशबाटै पैसा सहयोग गर्नेको लर्को लाग्यो ।’


सन्तोषलाई किड्नी दान गर्न आफ्नै बाबु तयार थिए । तर पैसा कसरी जुटाउने चिन्ता परे पछि उनीहरुले वडाध्यक्ष र आफन्त छिमेकी गुहारेका थिए । वडाध्यक्ष श्रेष्ठले सुझाएझैं दमौलीका केशवटारबासी हुँदै विदेशमा बस्नेहरुमार्फत सामाजिक सञ्जालबाट थालिएको सहयोग संकलनले छोटै अवधिमा राम्रो काम ग¥यो ।


सन्तोष राना


थालेको केही महिनामै उनका लागि प्राप्त सहयोग रकम ३० लाख कटेको सन्तोष बचाउन अभियानका मूल संयोजक दीपक थापाले बताए । ‘हामीले सोचेभन्दा राम्रो सहयोग जुट्यो,’ उनले भने ।
अमेरिकामा केशवटारकै स्थानीय एवं गायक भीम थापासँगै अन्य शुभेच्छुकले थालेको अभियानका क्रममा पौने सात लाख सहयोग संकलन भयो ।


बेलायतमा पनि सहयोग संकलन भैरहेको छ । यस अघि पनि उल्लेख्य सहयोग भैसकेको बेलायतबाट अझै थप रकम आउन बाँकी रहेको सहयोग अभियानले बताएको छ । ‘सामाजिक सञ्जालबाट गरिएको आग्रहमा धेरैले सकारात्मक प्रतिक्रिया दिएकाले रकम जुटाउन सहज भयो,’ अमेरिकाबाट गायक थापाले भने । उनकै सक्रियतामा जुम एप्लिकेशनबाट अमेरिकामा सांस्कृतिक कार्यक्रम गरेर पनि सन्तोषको उपचारका लागि सहयोग संकलन गरिएको थियो ।


आवश्यकभन्दा बढी सहयोग संकलन
सहयोग संकलनका लागि देश तथा विदेशमा अभियान थाल्दा आयोजकले २० लाख जुटाउने लक्ष्य राखेका थिए । तर रकम त्योभन्दा बढी जुटेको छ । ‘सोचेभन्दा बढी सहयोग जुटेकाले अब सहयोग संकलन अभियान स्थगित गर्ने निर्णय गरेका छौं,’ मुल संयोजक दीपकले भने,‘ तर आफैं सहयोग गर्न चाहनेले सिधै दिन सक्नुहुन्छ ।’

सन्तोषलाई किड्नी दान गर्न आफ्नै बाबु तयार थिए । तर पैसा कसरी जुटाउने चिन्ता परे पछि उनीहरुले वडाध्यक्ष र आफन्त छिमेकी गुहारेका थिए । वडाध्यक्ष श्रेष्ठले सुझाएझैं दमौलीका केशवटारबासी हुँदै विदेशमा बस्नेहरुमार्फत सामाजिक सञ्जालबाट थालिएको सहयोग संकलनले छोटै अवधिमा राम्रो काम ग¥यो ।


व्डाध्यक्ष श्रेष्ठ सन्तोषका लागि राम्रो सहयोग जुटे पनि यस्तै सहयोग भावी दिनमा अरुका लागि जुट्ला नजुट्ला चिन्तित छन् । ‘सन्तोषका लागि राम्रो सहयोग जुट्यो,’ उनले भने,‘तर अरुका लागि पनि समस्या पर्दा यसैगरी सहयोग जुटिदिए हुन्थ्यो ।’


सन्तोषकै आफन्त छिमेकी एक मृगौला फेल भएका बिरामीको सहयोगका लागि पनि आफन्तले हारगुहार गरेका छन् । तर उनीहरुले हालसम्म मुस्किलले ५० हजार जुटाउन सकेका छन् । वडाध्यक्ष भन्छन्,‘समस्या परेका सकेसम्म ननिस्कुन् । तर सबैका लागि यसैगरी सहयोगी जुटुन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी