
पोखराः गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको प्रदेशको नीति तथा कार्यक्रममा ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका साथ अघि बढ्ने प्रतिबद्धता छ ।
नीति तथा कार्यक्रममा घरेलु उत्पादनमा आत्मनिर्भरता, युवामैत्री उद्यमशीलता, महिला सशक्तीकरण, प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार, तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तरात्मक सुधारका योजना छन्।
त्यस्तै, भूगोल अनुसारको विकास, साना तथा घरेलु उद्योग प्रवद्र्धन, जलविद्युत् परियोजना र वैकल्पिक ऊर्जामा लगानी, र निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ।
पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मान्दै पर्यटकीय पूर्वाधार निर्माण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने योजना समेत समावेश गरिएको छ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत समावेशी विकास, संघीयताको संस्थागत मजबुतीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रणालीगत सुधारमा पनि जोड दिएको छ।