
दमौली : व्यास नगरपालिका वडा नं ४ का वडासदस्य सरोज भण्डारीले बिरामी र अशक्त व्यक्तिलाई अस्पतालसम्म पुराउन निःशुल्क रुपमा सेवा दिने घोषणा गरेका छ्न्।
केहि दिन देखि गण्डकी प्रदेशमा यातायात व्यावसायीले आफ्नो माग राख्दै सार्वजनिक यातायात बन्द गरेपछि समस्यामा परेका नागरिकलाई अस्पतालसम्मको लागि सेवा दिने बताएका हुन् । व्यास नगरपालिका भित्रका नागरिकलाई आपतकालिन अवस्था आइ परेमा सिधै आफुलाई सम्पर्क राख्न समेत अनुरोध गरेका छ्न् ।
उनले भनेका छन् मोबाइल नम्बर ९८१९१५४९३७ मा फोन गरी सेवा लिन सकिने छ । व्यवसायीको मागलाई बार्ताका माध्यमबाट समाधान गर्नका लागि समेत वडा सदस्य भण्डारीले प्रदेश सरकारलाई आग्रह गरेका छ्न्।