
दमौली: तनहुँ सुनचाँदी व्यवसायी संघमा आवद्ध सुनचाँदी व्यवसायीहरुले क्रियापुत्रीलाई आर्थिक सहयोग गरेका छ्न् । आर्थिक अबस्था कमजोर भएका किरियापुत्री परिवारलाई सहयोग गरेका हुन्।
संघमा आवद्ध दमौलीका व्यवसायीहरूले ऋषिङ गाउँपालिका–३ का स्व. कुल बहादुर विकका परिवारलाई व्यास- ३ स्थित क्रियापूत्री भवनमा गई आर्थिक सहयोग प्रदान गरिएको थियो ।
आर्थिक अवस्था कमजोर रहेको हुनाले, सुनचाँदी व्यवसायी संघको सहकार्यमा रकम संकलन गरी हस्तान्तरण गरिएको संघका प्रवक्ता दिपक सुनारले बताए। उनका अनुसार हस्तान्तरण कार्यक्रममा कार्यसमिति सदस्य र दमौलीका सुनचाँदी व्यवसायीहरूको उपस्थिति रहेको जानकारी दिए ।
हृदयघातका कारण ५२ वर्षीय विकको निधन भएको थियो । उनका दुई छोरा , एक छोरी र श्रीमती रहेका छन्। विगत देखिनै यस संघले सामाजिक कार्य अन्तर्गत अति नै सराहनिय कार्य गर्दै आइरहेको छ।