एक थान पेस्तोल सहित दुई जना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडकखण्डमा प्रहरीले विशेष चेकजाँचका क्रममा अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना.२८ प.१५१९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सवार व्यक्ति मिलन ढकालको झोलाबाट ‘Special Made in U.S.A. 771’ लेखिएको एक थान पेस्तोल, एक थान म्याग्जिन र एक राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पक्राउ पर्ने ढकाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका–१२ का २५ वर्षीय हुन् भने मोटरसाइकल चालक चितवन माडी नगरपालिका–७ का ३२ वर्षीय विजय तिवारी रहेका छन्।

दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्