मिलिजुली दिदिबहिनीको अध्यक्षमा संगिता

  • ख-
  • ख+

विकास खनाल

गुणादी: मिलिजुली दिदिबहिनी समुहको दाेस्राे अधिवेशन अाइतबार गुणादी मा सम्पन्न भएको छ । अधिवेशनले संगिता खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा सम्झना खनाल , सचिवमा कल्पना खनाल , काेशाध्यक्षमा उर्मिला खनाल र सहसचिवमा पवित्रा खनाल चयन भएको नवनिर्वाचित अध्यक्ष संगिता खनालले बताइन् ।

समितिका अन्य सदस्य र सल्लाहकार केही दिनमा चयन गरि कार्यसमिति पुर्ण गरिने काेशाध्यक्ष उर्मिला खनालले बताइन् । यसअघि भएको उद्घाटन कार्यक्रममा संस्थाकाे संस्थापक अध्यक्ष बिस्णु अधिकारी खनालले सबै दिदिबहिनी हरू १ जुट हुनुपर्ने बताइन । दिदिबहिनी हरू मिलेर अगाडि बढेमा जस्तोसुकै कामहरू पनि गर्न सकिने उनको भनाइ थियो ।

साे अबसरमा सँस्थाकि काेशाध्यक्ष संगिता खनालले काेशाध्यक्षकाे प्रतिवेदन पेस गरेकि थिइन् । २४ जना सदस्य रहेको संस्थामा १ लाख ६२ हजारको हिसाब प्रस्तुत भएको सचिव कल्पना खनालले बताइन् ।

संस्थाकि अध्यक्ष बिस्णुमाया खनाल ब्यबहारिक कठिनाइले उपस्थित हुन नसकेको साे कार्यक्रम उपाध्यक्ष दिपा खनालको अध्यक्षतामा भएको थियो भने स्वागत इन्द्रकला खनालले र सन्चालन सचिव लक्ष्मी खनालले गरेकि थिइन । नवनिर्वाचित अध्यक्ष संगिता खनालले अाँफु सम्पुर्ण दिदिबहिनीकाे बिस्वासबाट अध्यक्ष बनेको हुँदा सबै काे सल्लाह अनुसार नै अगाडि बढ्ने बताइन् ।

यसअघि पनि संस्थाले गुणादी र त्यस अासपास का ठाउँमा सरसफाइ कार्यक्रमका साथै धार्मिक , साँस्कृतिक तथा सामाजिक काम गर्दै अाएकाे सहसचिव पवित्रा खनालले बताइन । २०७३ सालमा स्थापना भइ बिभिन्न सामाजिक कार्यहरू गर्दै अाएकाे समुह त्यसक्षेत्रकै अब्बल समुहको रूपमा रहेको उपाध्यक्ष सम्झना खनालले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी