सत्यवतीमा एक लाख ५ हजारको जयरत्न छात्रवृत्ति कोष स्थापना

  • ख-
  • ख+

दमौलीः सत्यवती माविका विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख पाँच हजार रुपैयाँको जयरत्न छात्रवृत्ति कोष स्थापना गरिएको छ ।


विद्यालयबाट ३४ वर्ष शिक्षण गरेर बिदा भएका शिक्षक झलकराज पौडेलले आफ्ना पिता जयराज र माता रत्नको स्मृतिमा कोष स्थापना गरेका हुन् ।


कोषबाट आउने ब्याजले विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने संस्थापक पौडेलले बताए । आफ्नो बिदाईका क्रममा पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक ईन्द्र पौडेललाई चेक रकम हस्तान्तरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी