Pvp Nepal गैंडाकोट एकाई परिषद् द्वारा दिप प्रज्वलन

दमौली न्युज
  • ख-
  • ख+

गैडाकोट: प्राज्ञिक विद्यार्थी परिषद् (pvp) नेपाल गैंडाकोट नगर एकाईको आयोजनामा विद्यार्थी दिवस मनाईएको छ । राष्ट्रिय कार्यक्रम मध्ये एक महत्त्वपूर्ण दिनको रुपमा मनाइने दिवसमा
दिप प्रज्वलन गरि नवलपुरको गैंडाकोटमा गत बिहिवार बेलुका कार्यक्रम सप्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा (pvp) नेपाल परिषद्की सदस्य सुष्मा सुवेदीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञिक बिद्यार्थी परिषद् नेपालका राष्ट्रिय सम्पर्क प्रमुख बिष्णु प्रसाद पंगेनी रहेका थिए। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल भरतपुर महानगर संगठन सचिब मदन तामाङ , गैंडाकोट नगर संगठन सचिब श्री महेन्द्र ढुङ्गाना , प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जनक क्याम्पस सयोजक दिवाकर अधिकारी लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पंगेनीले परिषद्को संगाठ्निक गतिविधिमा प्रकाश परेका थिए ।
पंगेनीले परिषद्ले गर्ने रचनात्मक गतिविधिले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध राम्रो हुने र सकारात्मक प्रबाभ पार्ने साथै विद्यार्थीहरुलाई विभिन्न रचनात्मक गतिविधि गर्न रुचि बडेको बताए ।

कार्यक्रममा परिषद्का विद्यार्थीहरुद्वारा विभिन्न शिर्षकमा आफ्ना धारण राखेका थिए ।
कार्यक्रम सहजिकरण PvP नेपालकी सदस्य सुमिना पराजुलीले गरेकी जानकारी PvP नेपालका गण्डकी प्रदेश मिडिया प्रमुख आकाश बि.क.ले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्