
दमौली : सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप)ले व्यास नगरपालिका अन्तर्गतका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन माग गरेका छन् । बुधबार उपप्रमुख इन्दिरा दरैलाई ज्ञापनपत्र बुझाउँदै गफ्फारले भर्ना अभियानलाई सञ्चालन गरी बन्द विद्यालयहरुलाई पुनःपठनपाठन गरिदिन आग्रह गरेका हुन् ।
एक विज्ञप्ति मार्फत उनले भनेका छन् ‘हाल देशभर शिक्षक-शिक्षिकाहरु आ-आफ्ना जायज मागहरू लिएर आन्दोलनरत रहँदा सम्पूर्ण शैक्षिक प्रणाली असहज स्थितिमा पुगेको छ। लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दै गएको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण, चिन्ताजनक तथा राष्ट्रकै समृद्धि र विकासप्रति प्रतिकूल असर पार्ने अवस्था हो।’ सरकारी विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु शिक्षा जस्तो आधारभूत अधिकारबाट वञ्चित भइरहेको बताउँदै गफ्फारले निजी विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहँदा सार्वजनिक ।
विद्यार्थीहरु शिक्षा जस्तो आधारभूत अधिकारबाट वञ्चित भइरहेको बताउँदै गफ्फारले निजी विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहँदा सार्वजनिक शिक्षाको विश्वसनीयता र प्रभावकारिता गम्भीर रूपमा प्रश्नवाचक बन्न गएको उल्लेख गरेका छन् । यस्तो अवस्थामा विद्यार्थीहरुको मनोविज्ञानमा गहिरो नकारात्मक असर पर्नुका साथै उनीहरूको शैक्षिक भविष्य अन्धकारतिर धकेलिएको उनको भनाइ छ ।