जन्मदिनमा दुम्सी रेडक्रसको एम्बुलेन्सलाई सघाउनेको लर्को

  • ख-
  • ख+

दमौलीः नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास १० तनहुँले सञ्चालन गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालन अभियानका लागि जन्मदिनको अवसर पारेर सघाउने ह्वात्तै बढेका छन् ।

यस क्रममा हाल साउदी अरबमा कार्यरत व्यास १० देउराली निवासी श्रीप्रसाद अधिकारीे तथा शोभा अधिकारीले आफ्नो जन्मदिनको अवसरमा १५ हजार पाँच रुपैयाँ प्रदान गरेका छन् ।
आफ्नो जन्मदिनकै अवसरमा अमेरिकाको रेनो विश्वविद्यालयमा विद्यावारिधी गर्दै गरेका पोखरा चाउथे निवासी प्रदिप सुवेदीले १०
हजार पाँच सय ९५ प्रदान गरेका छन् । आफ्ना बुवा बृहस्पति न्यौपानेको स्मृतिमा ब्यास नगरपालिका वडा नं १२ घाँसीकुवा स्वास्थ्य चौकीका प्रमुख व्यास १० सेवर निवासी हरिशचन्द्र न्यौपाने तथा रिता पौडेल न्यौपानेले रु ११ हजार एक सय ११ सहयोग गरेका छन् ।

आफ्नो जन्मदिनकै अवसरमा सुन्दरबजार नगरपालिका वडा नम्बर ९ सिंउडिबार निवासी श्री जनकल्याण माध्यमिक विद्यालय उदिपुरका सहायक प्र अ बद्री खनाल रु १५१०५ र प्रदान गर्नुभएको छ। जन्मदिनको अवसरमा नगरपालिका वडा नम्बर १० डिहिगाउँ निबासी भानुभक्त अधिकारीले पाँच हजार पाँच सय ५५ प्रदान गरेका छन् ।


व्यास नगरपालिका वडा नम्बर १० खहरे निबासी दयाराम शर्मा बाट
पाँच हजार पाँच सय ५५ , व्यास ७ चापाघाट निवासी दुर्गाभक्त वाग्लेबाट तीन हजार ५० तथा व्यास १० डिहिगाउँ निवासी विबेक भन्डारी तथा आमा गीता भण्डारी बाट तीन हजार ३० रुपैयाँ प्राप्त भएको सोसाइटीले जनाएको छ ।

जापनबाट सहयोग संकलन बढ्यो
व्यास १० घर भै विभिन्न ठाउँमा रहेकाबाट अभियानका लागि सहयोग जुट्ने क्रम बढेको संकलन समितिका संयोजक ईश्वर पौडेलले बताए ।


जापानमा कार्यरत व्यास १० खहरे निवासी रोशन सापकोटाले आफ्ना साथीहरु प्रकाश धितालबाट १०००० जापानीज ऐन, त्यसैगरी खगेन्द्रप्रसाद सापकोटाबाट १० हजार जापानिज ऐन प्राप्त भएको समितिले जनाएको छ ।

प्रताप पौडेलबाट छ हजार जापानिज ऐन, शिव कँडेल, कृष्ण कन्डेल र खेमराज घलेबाट जनही पाँच हजार ऐन, अनिल केसी, अनिल खत्री, प्रकाश कन्डेल र प्रदिप हडखलेले जनही तीन हजार जापनिज ऐन गरी जम्मा रु ५५,५५५ जापनिज ऐन संकलन गरी पठाउनु भएको कुरा अर्थ संकलन समितिका सचिव एवं बैदेशिक बिभाग समन्वय समितिका संयोजक श्रीकृष्ण आचार्यले बताए । विभिन्न सामाजिक संघ संस्थाबाट सहयोग जुट्ने क्रम चलिरहेको उपशाखाका सभापति रामदत्त पौडेलले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्