ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

दमौली न्युज
  • ख-
  • ख+


दमौली : विगत ६ महिना देखि ब्लड क्यान्सर रोगबाट पीडित व्यास नगरपालिका वडा नं. १३ निवासी श्री कृष्ण वि.क. कोे उपचारका लागि आर्थिक सहयोग जुटेको छ । तनहुँ सुनचाँदी व्यवसायी संघमा आवद्ध दमौलीका व्यवसायीहरुबाट आर्थिक सहयोग जुटेको हो ।

पहिलो चरणमा संकलित रकम ३६ हजार २ सय, ४५ रुपौया अध्यक्ष, पदाधिकारी र कार्यसमितिको उपस्थितिमा श्री कृष्ण वि.क.को श्रीमती दुर्गा वि.कलाई हस्तान्तरण गरेका थिए ।

ब्लड क्यान्सर पीडित श्री कृष्ण वि.क.को भरतपुर क्यान्सर अस्पताल, चितवनमा उपचार भईरहेको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराजले बताए । उनका अनुसार पीडितलाई उपचार खर्चको अभाव भएको भनि केहि सहयोगको अपेक्षा सहित संघमा पिडितले निवेदन दिए पछि रकम संकलन सुरु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्