३ बालिकामाथि बलात्कारको अभियोगमा ७२ वर्षका वृद्ध पक्राउ !

  • ख-
  • ख+

दमौलीः उमेरले ७२ वर्षका वृद्ध । बालबालिकाको छिमेकी हजुरबा । तर तिनै उमेरले वृद्ध भानु १० का एक वृद्ध नातिनी उमेरका बालिकामाथि बलात्कारको अभियोगमा पक्राउ परेका छन् । त्यो पनि तीन जना । भानु १० का ७२ वर्षका बलराम सापकोटामाथि नौ, ११ र १२ वर्षका तीन बालिकामाथि पटक पटक बलात्कारको अभियोग छ ।


उनीमाथि सोही वडाका छिमेकी तीन बालबालिकामाथि पटक पटक बलात्कार गरेको भन्दै आफन्तले उजुर दिएका थिए ।
वृद्धमाथि गत असार १५ र साउन ४ गते बलात्कार गरेको अभियोग छ ।


आफन्तले हालै मात्र घटनाबारे जाहेरी दिए पछि उनलाई आईतबार घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । ‘घटना पहिलेको भए पछि मौखिक जाहेरी परे पछि वृद्धलाई पक्रेका छौं,’ उनले भने,‘जाहेरी दर्ता भएकाले मुद्दामा अनुसन्धान थालेका छौं ।’ अदालत बन्द भएकाले खुलेपछि उनीमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाउने प्रहरीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी