
दमौली : व्यास र बन्दीपुरका विभिन्न वडामा तीन दिन दैनिक नौ घण्टा विद्युत अवरुद्ध हुने भएको छ। सोमबारदेखि बुधबारसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो।
दमौली – भरतपुर १३२ के.भी. ट्रान्समिसन लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि दमौली सवस्टेशनबाट वितरित छाब्दी फिडर अन्तर्गतको व्यास-१ रत्यली, मोरीयाटार, छाब्दी बजार व्यास-१३ पोखरीभन्ज्याङ, कुकुरढुडे, बेनिकोट, व्यास-१४ केशवटार रुम्सी, हर्कपुर, थिङ, नयाँगाउँ सुदेर, 1 बन्दीपुर-३, सुखौरा र दमौली फीडर अन्तर्गत चार्कुने, लीचीधारी भादगाउँ खानेपानी कार्यलय लगायत स्थानहरुमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँले जनाएको छ ।