व्यास युवा क्लबद्धारा कालिका मन्दिरको सफाई

  • ख-
  • ख+

दमौली: व्यास युवा क्लबले तनहुँ कालिका सहिद शान्ति पार्कको सरसफाई गरेको छ । दशैंको अवसर पारेर क्लबले मन्दिरको सरसफाई गरेको हो ।

क्लबका सदस्यहरूले विहान मन्दिर जाने बाटो तथा मन्दिर क्षेत्रको सरसफाई गरेको अध्यक्ष मीनबहादुर गुरुङ चरीबाबाले जानकारी दिए । क्लबले मन्दिर जाने बाटोमा आठ डस्टबिन पनि राखेको छ । व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, पार्कका उपाध्यक्ष माधवबहादुर पन्तलगायतले क्लबका युवाले गरेको कामको प्रशंसा गरे ।


कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरज गुरुङ तथा उपाध्यक्ष ‍केशव रानालगायतले क्लबका गतिविधिबारे जानकारी गराएको सचिव राउतले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी