श्रेष्ठको उपचारमा सघाउन परिवारको अपिल

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका–१ निवासी विष्णुप्रसाद श्रेष्ठलाई उपचारको लागि आर्थिक समस्या परेको छ । आर्थिक अभाव भएपछि परिवारजनले सहयोगको लागि याचना गरेका छन् ।

 व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको पूर्व विद्यार्थी संस्था निर्मल स्कुल एल्मुनाई एसोसिएसनको नवगठित समितिका उपाध्यक्ष श्रेष्ठको गंगालाल अस्पतालमा उपचार भइरहेको छ । मुटुमा समस्या देखिएपछि उपचारका लागि केही दिन अघि सो अस्पतालमा भर्ना गरिएको हो । यस संम्बेदनशिल परिस्थितिमा आआफ्नो क्षेत्रबाट सहयोग गरिदिन छोरा पृथ्वी श्रेष्ठले निर्मल स्कुल एल्मुनाई एसोसिएशनका पूर्व विद्यार्थी सबैमा आग्रह गरेका छन् ।

छोरा पृथ्वी श्रेष्ठको नाउँमा दमौली स्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खाता नं ०३३०५१५०२५११३६ सहयोग रकम जम्मा गरिदिन आग्रह गरे । निर्मल माविका विसं २०२५ देखि हालसम्मका पूर्व विद्यार्थी,शिक्षक लगायत अन्य मनकारी समाजसेवी , व्यापारी, राजनितिज्ञ साथै चिरपरिचित सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्