
लमजुङ : किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । प्रहरीले बेंसीशहर नगरपालिका १, उदिपुरका ३७ वर्षीय युवराज आले मगरलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले युवकविरुद्ध लमजुङ जिल्ला अदालतमा बुधबार ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीले गत सोमबार राती करिब ११ बजेतिर किशोरीलाई जवर्जस्ती करणी गरेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको हो ।
उनका अनुसार ती युवकलाई मंगलबार विहानपख गाउँबाट पक्राउ गरिएको र जवरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।