बसभाडामा मनपरीः सरकारले बढाउँदा बढाउने, घटाउँदाचाहिं नघटाउने (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँका यातायात व्यवसायीले सरकारले तोकेभन्दा बढी भाडा लिएको पाइएको छ । सरकारले मन्त्रिपरिषद निर्णयमार्फत सार्वजनिक यातायातका साधनमा पूर्ण क्षमतामा यात्रु चढाउन सकिने भन्दै तर भाडा भने पहिलेकै लिन निर्देशन दिएको थियो ।

तर पनि तनहुँमा सार्वजनिक यातायातका साधनले पूर्ण क्षमतामा यात्रु चढाए पनि भाडा भने ५० प्रतिशत बढि लिएको पाइएको छ । दमौलीबाट पोखरीछाप चल्ने पृथ्वी राजमार्ग यातायात कम्पनी प्रालिको ग १ ख ९४०८ नम्बरको यात्रुबाहक बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यात्रुले बढी भाडा लिएको भन्दै ट्राफिक प्रहरी कार्यालयमा गुनासो गर्न पुगे पछि ट्राफिक प्रहरीले बढी भाडा असुल्ने सवारीमाथि कारबाही गरेको हो ।

यात्रु दीपक पाण्डेले एक सय ४५ भाडा पर्नेमा दुई सय २० रुपैयाँ लिए पनि छेउको सिटमा यात्रु पनि चढाएको गुनासो गरे । ‘भाडा बढी लिए पनि छेउमा पनि यात्रु राखे,’ उनले भने,‘यो त अटेरी भएन र ?’

‘यातायात व्यवस्था विभागले नै हामीलाई अहिले बढेकै भाडा लिनु भनेको छ,’ उनले भने,‘भोलीबाट चाहिं पुरानै भाडा लिन्छौं ।’

पृथ्वी राजमार्ग यातायात कम्पनी प्रालिका दमौली शाखा प्रमुख सम्भु बस्नेतले आफूहरुलाई नयाँ भाडाको परिपत्र आइ नसकेको जिकिर गरे । ‘भाडा घटेको भनेर हामीलाई पत्र आईसकेको छैन,’ उनले भने,‘तर बढी भाडा लिए पछि सिट त खाली राख्नुपर्ने हो ।’


पृथ्वी राजमार्ग यातायात कम्पनी प्रालिका सञ्चालक सदस्य ओमप्रकाश कार्कीले पनि नयाँ भाडाको पत्र आइ नसकेकाले पुरानै हिसाबले भाडा लिइएको दाबी गरे । ‘यातायात व्यवस्था विभागले नै हामीलाई अहिले बढेकै भाडा लिनु भनेको छ,’ उनले भने,‘भोलीबाट चाहिं पुरानै भाडा लिन्छौं ।’


यात्रुको गुनासोपछि अनुगमनमा गएका ट्राफिक प्रमुख रेशम रानाभाटले नियम उल्लंघन गरेको पाइएकाले बसलाई कारबाही गरिएको बताए । ‘बढेको भाडा लिए पनि सिट खाली नराखेको पाइयो,’ उनले भने,‘हामीले अटेरी गर्ने बसलाई कारबाही गरेका छौं ।’


सरकारले भाडा पुरानै लिएर पूर्ण क्षमतामा यात्रु चढाउन भने पनि यातायात कम्पनीहरुले भने ५० प्रतिशत बढ ीभाडा लिने र यात्रु पनि पुरै क्षमतामा चढाएर अटेरी गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्