व्यासमा ८ सहित १६ थपिए (हेर्नुस् कता कति)

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकामा ८ जना सहित तनहुँमा १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिने व्यास २ र ४ का ४ / ४ पुरुष छन् । शुक्लागण्डकीमा ७ जना थपिएका छन् ।

भानुमा अर्का एक संक्रमित थपिएका छन् ।उनीहरू सबैमा कन्ट्याक्ट ट्रेसका आधारमा गरिएको परीक्षणका क्रममा संक्रमण भेटिएको निर्देशनालयले उल्लेख गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्