
दमौलीः व्यास १० बैरेनीमा अग्र्यानिक परिकार पस्कने मुनस्टार होटल एण्ड लज सञ्चालनमा ल्याएको छ । झण्डै एक करोड लगानीमा व्यवसायी सुनिल न्यौपानेले सञ्चालनमा ल्याएको होटलले लोकल परिकार पस्कने दाबी गरेको छ ।
होटलको उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले संकटका बेला पनि जोखिम मोलेर व्यवसाय सञ्चालन गरेको भन्दै मन जित्न शुभकामना दिए ।
व्यास नगरपालिका १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले विदेशबाट फर्केका युवाहरु उत्पादनमूलक काममा लागेको भन्दै वडाले सघाउने बताए ।

नेपाली कांग्रेस व्यास नगर समिति पूर्व उपसभापति ईश्वर पौडेलले युवाले आँट गरेर रोजगारी सिर्जनामा लागेको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।
होटलमा लोकल खसी, लोकल कुखुरा, मादीको माछा सहितका अर्गानिक परिकार पाईने सञ्चालक न्यौपानेले जानकारी दिए ।