टिचिङ नर्सिङ क्याम्पस हाँक्ने बिन्दुको आत्मविश्वास

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः त्रिवि शिक्षण अस्पताल नर्सिङ क्याम्पसमा स्नातकोत्तर दोश्रो वर्षमा अध्ययनरत बिन्दु पोखरेल नेविसंघका तर्फबाट स्ववियु उम्मेदवार भएकी छन् ।

तनहुँ घिरिङ गाउँपालिकाकी बिन्दु पोख्रेल नेविसंघको नेतृत्व गर्दै क्याम्पसको स्ववियु हाँक्ने आत्मविश्वासका साथ चुनावी दौडमा उत्रिएको बताउँछिन् । नर्सिङ क्याम्पसमा देखिएको बेथिति तथा विद्यार्थीहरुका साझा समस्या समाधानका लागि सशक्त नेतृत्व दिने उनको दावी छ ।


आफूलाई विद्यार्थीहरुको दह्रो साथ भएकाले चुनावी मैदानमा उत्रिएको बताउने बिन्दूले विजयी हुने विश्वास समेत व्यक्त गरिन् । ‘विद्यार्थीहरुका धेरै समस्या र शैक्षिक एजेण्डा छन्,’ उनले भनिन् ,’म तीनको समाधान हामी युवा विद्यार्थीको नेतृत्वबाट सम्भव छ भन्नेमा विश्वास गर्छु ।’


नेविसंघका तर्फबाट स्ववियु नेतृत्व गर्न बलियो र सक्षम टिम भएको बताउने बिन्दुले टिम नै नेतृत्वमा आउने विश्वासका साथ मैदानमा उत्रिएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्