तनहुँ प्रशासनले भन्यो,‘मन्दिर खोले कारबाही हुन्छ’

  • ख-
  • ख+

मन्दिर खुले नखुलेको अनुगमन गरिने
दमौलीः
जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका कुनै पनि मठ मन्दिरमा नियमित पूजाबाहेक भिडभाड हुने गरी पूजा नगर्न आग्रह गरेको छ । सरकारले शुक्रबार देशैभरका शक्तिपीठमा पूजा नगर्नका लागि सूचना जारी गर्दै आग्रह गरेको थियो ।

तर पनि कतिपय मन्दिरमा पूजापाठ हुन सक्ने र बलि दिने काम हुन सक्ने भन्दै स्थानीय प्रशासनले त्यसो नगर्न अनुरोध गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले कोरोना संक्रमण फैलने जोखिम कम गर्नका लागि सरकारले भिड हुने गरी कुनै पनि क्रियाकलाप नगर्नका लागि अनुरोध गरिएको बताए ।
प्रशासनले यसको पालना भए नभएको अनुगमन पनि पर्ने बताएको छ । अनुगमनमा अटेर भएको पाइए कारबाही गर्ने पनि सहायक प्रजिअ बरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी