भुमी आयोग तनहुँको एकदिने अभिमुखिकरण कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौँडा: भुमी समस्या समाधान आयोग तनहुँको आयोजना र शुक्लागण्डकी नगरपालिकाको समन्वयमा शुक्लागण्डकी सभा हलमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्ण राज पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा भुमी आयोग तनहुँका अध्यक्ष गोबिन्द सिलवाल आयोगका बिज्ञ सदस्य श्रीराम कार्की महिला सदस्य आसा थापा सदस्य रामचन्द्र उपाध्याय लगायतले आयोगका बारेमा शुभकामना राखेका थिए ।

आयोगका सदस्य सचिव नापी कार्यालय तनहुँका प्रमुख बिजय कुमार सिंहले पालिका वडा र आयोगले गर्नु पर्ने काम कर्तव्य र अधिकार कार्ययोजना बारे प्रस्तुतीकरण गरेका थिए भने वडा अध्यक्षहरु र राजनीतिक दलका जिज्ञासा माथी आयोगका सदस्य एवं मालपोत कार्यालय तनहुँका प्रमुख केश सुवेदीले स्पष्ट पारेका थिए ।

आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीको कामलाई प्राथमिकतामा राखी रोकिएको ठाउ बाट तुरुन्तै काम अगाडि बढाईने भुमी समस्या समाधान आयोग तनहुँका बिज्ञ सदस्य श्रीराम कार्किले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्