मुक्ति समाज घिरिङको अध्यक्षमा कृष्ण माया नेपाली

दमौली न्युज
  • ख-
  • ख+

घिरिङ: नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट कृष्ण माया नेपालीको अध्यक्षतामा ३१ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्ष विष्णुमाया नेपाली र भगवती बिक सचिव मिलन बिक, उपसचिव इन्द्रमाया नेपाली र रिता सुनार चयन भएका हुन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीका अध्यक्ष अन्जान परियारको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं शुक्लागण्डकी नगरपालिका पूर्व उप-प्रमुख सविता रसाइली रहेकी थिइन्। विशिष्ट अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव सोमनाथ पोर्तेल,विशेष अतिथि मुक्ति समाज केन्द्रीय सदस्य, तनहुँ जिल्ला इन्चार्ज एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य मोहन कुमार विश्वकर्मा, विशेष अतिथि मुक्ति समाज केन्द्रीय सदस्य एवं नेकपा एमाले तनहुँ जिल्ला कमिटी उपसचिव सुनिता नेपालीको उपस्थिती रहेको थियो ।

विशेष अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य एवं घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा,अतिथि मुक्ति समाज गण्डकी प्रदेश कमिटी सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य बिरु बस्याल, मुक्ति समाज गण्डकी प्रदेश कमिटी सदस्य सेतीमाया गौतम, नेकपा एमाले महाधिवेशन प्रतिनिधि विष्णुभक्त सिग्देल, नेकपा एमाले तनहुँ जिल्ला कमिटी सचिवालय सदस्य इन्द्र थापा, मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटीका सदस्य भरत लामगादे, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिकाका पूर्व अध्यक्ष रन बहादुर राना, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिका उपाध्यक्ष राधा देवी अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य सीताराम सुर्खाली, नेकपा एमाले जिल्ला कमिटी सदस्य दीपक खाती, नेकपा एमाले जिल्ला कमिटी सदस्य झमान सिं नेपाली, नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य गोपाल बिक, नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य सन्तमान श्रेष्ठको उपस्थिती रहेको थियो।

त्यस्तै नेकपा एमाले घिरिङ गाउँ कमिटी उपाध्यक्ष विष्णु वीर राना, मुक्ति समाज जिल्ला कमिटी सदस्य कृष्ण माया नेपाली, मुक्ति समाज जिल्ला कमिटी सदस्य टोपबहादुर रामदाम, पार्टी एमाले घिरिङ गाउँ कमिटी सदस्य भुवन सिंह बिक, मुक्ति समाज भिमाद नगर कमिटीका अध्यक्ष शालिकराम गहतराज, एमाले गाउँ कमिटीको सदस्य एवं घिरिङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तहल सिंह थापा, सदस्य लोक गुरुङ्ग, नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनका केन्द्रीय सदस्य शेर बहादुर थापा, नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन घिरिङ कमिटीका अध्यक्ष होम बहादुर थापा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्वागत मन्तव्य नारायणी सुनारको थियो भने कार्यक्रम सहजीकरण दिल कुमार बिकले गरेका थिए। जातीय विभेद सम्बन्धी सचेतना मूलक नाटक प्रदर्शनी , सुनपानी नौमती बाजाको बेजोड प्रस्तुतिले कार्यक्रममा आउनु हुने प्रमुख अतिथि लगायत सम्पूर्णलाई स्वागत गरीएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्