
दमौली : नेपाली लोकगीतको क्षेत्रमा योगदान पुर्याउने चार जना गायक तथा गायिकालाई सम्मान गरिएको छ । वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत, गायिका शिला आले र ठाडो भाकाका गायक धम्पुस दुरा र सीता दुरालाई सम्मान गरिएको हो ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा व्यास नगरपालिकाको संरक्षणमा दमौलीमा सम्पन्न व्यास नगर बहुजातीय सास्कृतिक महोत्सव २०८१ को समापनको अवसरमा पारी दमौलीमा सम्मान गरिएको थियो ।
व्यास प्रज्ञा प्रतिष्ठानका कुलपति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने र भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सयुक्त रुपमा दोसल्ला ओडाएर र कदरपत्र प्रदान गरि सम्मान गरिएको हो ।