
दमौली: सामुदायिक सेवा केन्द्रद्वारा लर्ड बुद्ध एकेडेमीमा जनचेतना कार्यक्रम गरिएको छ । लर्ड बुद्ध एकेडेमीमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरुलाई बालबिबाह ,बालश्रम र मानवबेचबिखन सम्बन्धि जनचेतना कार्यक्रम गरीएको हो ।
लर्ड बुद्ध एकेडेमीको आयोजनामा, जिल्ला प्रहरी कार्यलय तनहुँको सहआयोजना र सामुदायिक सेवा केन्द्र तनहुँको सहकार्यमा सो कार्यक्रम सम्पन भएको थियोे।बिधालयका प्रधानाध्यापक दिलु माया थापाको सभापतित्वमा भएको सो कार्यक्रमको प्रशिक्षक जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी साहेक निरिक्षक दिपा खत्रीले गरेकी थिइन् ।
प्रमुख अतिथि बिधालय व्यवस्थापन समितिका अध्यक्ष नीर बहादुर मल्ल ठकुरीले उक्त कार्यक्रमको सम्बोधन गर्दै जानकारी मुलक विषय बस्तु हरु बिधालयका पाठ्यक्रममा राख्नु पर्ने बताउनुका साथै हामीले येस्ता जानकारीमुलक बिषयहरु प्रती गम्भीर ध्यानाकर्षण भई विद्यार्थीहरुलाई सचेत गर्नुपर्ने अध्यक्ष ठकुरीको भनाई थियो ।
उक्त कार्यक्रममा ७० जना विधार्थीहरुको सहभागीता रहनुका साथै अभिभावकको पनि राम्रो उपस्थिति रहेको सामुदायिक सेवा केन्द्र तनहुँले जानकारी दिए ।