
दमौली : नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिकाले सरसफाई केन्द्र सञ्चालनको लागि जग्गा खरिदको क्रममा आएका अडियो काण्डको छानबिनको माग गरिएको छ । नगर सभापति सूर्यचन्द्र हड्खलेद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा माग गरिएको हो ।
विज्ञप्तिमा व्यास नगरपालिकाको उपप्रमुख, जग्गा व्यवस्थापन समितिका संयोजक सहित वडाध्यक्ष ज्यूहरु लगायत जनप्रतिनिधी, तनहुँ उद्योग वाणिज्य सङ्घ, र सरोकारवाला लगायत सहभागी भई व्यास नगरपालिका सरसफाई जग्गा व्यवस्थापन समितिको आयोजनामा गरिएको पत्रकार सम्मेलनबाट बाहिर आएका विषयमा गंभिर ध्यानाकर्षण भएको उल्लेख छ ।
व्यास नगरपालिकाकाको दीर्घकालिक गौरवको ‘‘सरसफाई व्यवस्थापन केन्द्र निर्माण आयोजना’’ को कार्यान्वयन समस्या र चुनौतीहरुको सम्बन्धमा फागुन १७ गते गरिएको पत्रकार समक्ष सार्वजानिक विषयमा सत्यतथ्य कुरा प्रकाशनमा आएको उल्लेख गर्दै यस घटना प्रति नेपाली कांग्रेस व्यास नगर समितिको गंभिर ध्यानाकर्षण भएको जनाईएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘व्यास नगरपालिकाद्धारा सार्वजानिक हितमा गर्न खोजेको कुरामा अवरोध गरिएको भन्ने समाचार प्रति हामी जानकार छौं, हामी नागरिकका हक अधिकार तथा सूशासनका विषयमा जनता सर्वाधिकार सम्पन्न होस् भन्ने कुरा सचेत छौं ।’ कर्मचारी सङ्लग्न भई नगरपालिकालाई नै दुषित र अवरोध खडा गर्न खोजिएको कुरामा कसरी, किन र केका लागि भन्ने कुरामा तुरुन्त व्यास नगरपालिकाले एक स्वतन्त्र छानबिन समिति गठन गरी व्यास नगरवासीहरुलाई सत्यतथ्य सहितको जानकारी तुरुन्त गर्नु हुन विज्ञप्तिमा अपील गरिएको छ ।
नगरपालिकाको दिनदिनै सरसफाई व्यवस्थापनको पेचिलो अवस्थालाई अन्त्य गर्न कानुनी मार्ग अपनाउन जनप्रतिनिधी तथा सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
